ताप्लेजुङबाट सचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस

वेलकम खबर
भदौ २३, २०७९

ताप्लेजुङ । नेकपा (एमाले) ताप्लेजुङले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सचिव योगेशकुमार भट्टराईसहितको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको हो ।

एमाले ताप्लेजुङका उपसचिव एवम् प्रचार विभाग प्रमुख दीपेन पोमुका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस हुने अन्य चार जनामा पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बो, केन्द्रीय सदस्य द्वय पासाङ शेर्पा र टङ्क आङ्बुहाङ तथा प्रदेश कमिटी सदस्य रामप्रसाद सुवेदी रहनुभएको छ ।

प्रतिनिधिसभाका लागि सिफारिस हुनेमा भट्टराई ताप्लेजुङका वर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ भने मेन्याङ्बो पूर्व सांसद, शेर्पा पहिलो संविधानसभाका सदस्य र आङ्बुहाङ २०७४ मा ताप्लेजुङ निर्वाचन क्षेत्र १ (ख) मा माओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ माओवादी छोडेर एमालेमा लागेपछि प्रदेश सांसद पद खोसिएको थियो । यस्तै सुवेदी पूर्व जिल्ला उपसभापति हुनुहुन्छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य उर्मिला थेबे, पूर्व राज्यमन्त्री ओङ्दी शेर्पा, लक्ष्मीबहादुर यक्सो, शिवकुमार गुरुङ र मिरा नेपालीको नाम सिफारिस गरिएको जिल्ला उपसचिव पोमुले जानकारी दिनुभयो ।

त्यस्तै, प्रदेशसभा १ (क) को प्रत्यक्षतर्फ वर्तमान प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङसहित ११ जनाको नाम सिफारिस गरिएको छ । अन्य सिफारिस हुनेमा जिल्ला उपाध्यक्ष सन्तोष खतिवडा, महेशकुमार गुरागाईँ, देउमान विष्ट, कुमार मादेन, भरतकुमार गुरुङ, हेमन्तकुमार उप्रेती, सुनिता थापा, नर्वदादेवी भण्डारी, गोपाल न्यौपाने र अनन्तबहादुर साँवा रहनुभएको छ ।

प्रदेशसभा १ (ख) मा प्रत्यक्षतर्फ पाँच जना सिफारिस भएकोमा प्रदेशसभा सदस्य होमकुमारी साँवा, जिल्ला उपसचिव मणिशङ्कर पोमू, गोपाल थोप्रा, त्रिवेणी चोङ्बाङ र चित्रगुप्त साँवा रहनुभएको छ । प्रदेशसभाको समानुपातिकमा भने १८ जनाको नाम सिफारिस गरिएको एमाले ताप्लेजुङले जनाएको छ ।

जसअनुसार प्रदेशसभा (क) र (ख) दुवैबाट निर्मला इजम, टीकादेवी सुबेदी, टीकादेवी दाहाल, बुद्धिमान परियार, छत्रबहादुर विक र हरिलाल ठकुरी सुनाम रहनुभएको छ । त्यस्तै, कोपिला नेपाली, सञ्चपाल मादेन, सूर्यबहादुर आङ्बुहाङ, मङ्गलसिंह केदेम र हिमालयविक्रम चाम्लिङ, गणेश कार्की ढोली, राजेश प्याकुरेल, धर्मराज घिमिरे, वीरबहादुुर माबोहाङ, राधाकृष्ण पौडेल, इन्द्र शेर्पा र रामकुमार विश्वकर्माको नाम सिफारिस भएको छ ।

आकाङ्क्षी धेरै भएपछि सङ्ख्या घटाउने अधिकतम कोसिस गरे पनि सम्भव नभएपछि बुधबार साँझ सबैको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिनुभयो ।gorkhapatraonline

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*