पल शाहलाई साँढे दुइ वर्ष जेल, १० लाख क्षतिपुर्ती तिर्नुपर्ने

वेलकम खबर
भदौ २१, २०७९

काठमाडौं । नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेका हुन् । यस्तै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।

एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह  पुर्पक्षका लागि थुनामा रहेका छन् । ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।

नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*