अशक्तलाई सहयोग गरेर मनाए योगेश भट्टराईले जन्मदिन

वेलकम खबर
भदौ २१, २०७९

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले आज आफ्नो जन्मदिनको अवसरमा पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत शारिरिक रुपले असक्त विद्यार्थीलाई आर्थिक सहयोग गर्नु भएको छ ।

पाथीभरा बहुमुखी क्याम्पसमा विएड तेश्रो वर्षमा अध्ययनरत रहेका जीवन लिम्बुलाई आज ताप्लेजुङमा आर्थिक सहयोग गर्नु भएको हो । लिम्बुलाई नेता भट्टराईले आगामी दिनमा समेत जीवनको थप पठनपाठन र स्वास्थ्यमा समस्या आइपरे उपचारका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । जीवन पाथीभरा बहुमुखी क्याम्पसमा विएड तेश्रो वर्षमा अध्ययनरत रहेकाछन् । उनी शारिरिक रुपमा अशक्त रहेकाछन् ।

गृहजिल्ला ताप्लेजुङमा रहनुभएका भट्टराईले मैवाखोला ५ फाकुम्बाका जीवन लिम्बूलाई अध्ययनका लागि २० हजार रुपैयाँ र एकवर्षको कोठा भाडाबापत २४ हजार रुपैँया प्रदान गर्नु भएको हो ।

हरेक वर्ष जन्मदिनको दिन विपन्न , असहाय तथा पीडितलाई सहयोग गर्दै आउनु भएको छ ।०७२ को महाभूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई सहयोग गरेर यो खालको कामको शुरुवात गर्नु भएको थियो । ०७३ सालको जन्मदिनमा बाबु आमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बेसका दोर्जी शेर्पालाई उद्धार गरी काठमाडौं ल्याएर पढनपाठनको व्यवस्था मिलाउनु भएको थियो । ०७४ को जन्मदिनमा दुवै भल्भ फेर्नुपर्ने समस्याबाट पीडित मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गर्नु भएको थियो ।
०७५ को जन्मदिनमा ताप्लेजुङका विपन्न दुई बालक गंगा विक र कमल विकलाई अध्ययन खर्चस्वरुप नगद सहयोग प्रदान गर्नु भएको थिायो । २०७७ साल पढाइ लेखाईमा अप्ठेरोमा परेका दृष्टिविहिन आमाबुबाका सन्तान ताप्लेजुङका समीर राईलाई सहयोग गर्नु भएको थियो । यसअघि उहाले एसिड आक्रमण पीडित मुस्कान खातुन लगायतलाई सहयोग गर्नु भएको थियो ।उहाँको जन्म वि.स २०२३ भदौ २१ गते ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुमा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*