कांग्रेस ताप्लेजुङले उम्मेदवारको नामावली टुंग्यायो को -को शिफारिसमा परे हेर्नुहोस
ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको उम्मेदवारको नामावली टुंग्याएको छ ।
प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका लागि नेपाली ताप्लेजुङ पार्टी सभा गजेन्द्रप्रसाद तुम्याहाङ,प्रदेश न १ का सामाजिक विकास मन्त्री प्रतापप्रकाश हाङगाम, महाधिवेशन प्रतिनिधिहरू बलबहादुर तामाङ मणि लामा र टिकाराम गुरुङको नाम शिफारिस गरेको हो ।
त्यस्तै प्रतिनिधिसभा समानुपातिकको लागि महाधिवेशन प्रतिनिधि युवराज गुरुङ,शिला ईजम,लीलादेवि बोखिमको नाम सिफारिस गरेको कांग्रेस ताप्लेजुङले जनाएको छ ।

त्यस्तै प्रदेशसभा खमा प्रत्यक्षतर्फका लागि महाधिवेशन प्रतिनिधि खगेनसिह हाङगामका एकल नाम शिफारिस भएको छ । भने समानुपातिक खुलातर्फ जिल्ला उपसभापति गणेशबहादुर लिम्बु,प्रदेश सदस्य ईन्द्रकुमार केदेम,क्षेत्रिय प्रतिनिधि टेकबहादुर साँवा र महाधिवेसन प्रतिनिधि तीलप्रसाद सुब्वाको नाम शिफारिस गरेको हो भने महिला तर्फ जिल्ला सदस्य कविता सुब्वा, महाधिवेसन प्रतिनिधि गिता सेन्दाङ, महाधिवेसन प्रतिनिधि कल्पना देवि सिटौला,प्रदेश अधिवेशन प्रतिनिधि नरमाया केदेम र जिल्ला सदस्य चन्द्रमाया लिम्बुको नाम सिफारिस गरेको हो ।

त्यस्तै प्रदेशसभा कमा प्रत्यक्ष तर्फ प्रदेश अधिवेसन प्रतिनिधि गोपाल गुरुङ,जिल्ला उपसभापति डिल्लीरमण बराल, प्रदेशसभा क्षेत्रिय सभापति लक्ष्मी चौहानको नाम सिफारिस गरेको छ । भने समानुपातिक तर्फ खुलामा महाधिवेसन प्रतिनिधि तथा पूर्वसभापति केशव दाहाल,महाधिवेसन प्रतिनिधि तथा तरुणदलका पूर्व केन्द्रीय महासचिव पदम पालुङवा,क्षेत्रिय प्रतिनिधि मंगलबहादुर मेन्याङ्वो, प्रेस युनियन जिल्ला अध्यक्ष सन्तोष कुमार सार्की र क्षेत्रिय प्रतिनिधि रामबहादुर लिम्बुको नाम सिफारिस गरेको छ ।

महिला तर्फ भने जिल्ला सदस्य मातृका देवि प्रसाई,प्रदेश सदस्य मिनाकुमारी महाधिवेसन प्रतिनिधि शिला ईजम र नेपाल सांस्कृतिक संघका केन्द्रीय सदस्य गिता चौहानको नाम सिफारिस गरेको नेपाली कांग्रेस ताप्लेजुङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।



















