ताप्लेजुङका पुरातात्विक महत्वका गुम्बालाई ६ करोड
ताप्लेजुङ । ताप्लेजुङमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका गुम्बालाई करोडौं रकम विनियोजन भएर मर्मत सम्भार तथा जिर्णोद्धारका काम भएका छन ।
प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको पहलमा ताप्लेजुङका २२ गुम्बाहरूको मर्मत सभ्भार तथा जिर्णोद्धारका लागि करोडौं रकम विनियोजन भएको छ ।पर्यटन मन्त्रालय अन्तर्गत पुरातत्व विभागबाट फक्ताङलुङ ६ मा रहेको दिकिछ्योलिङ गुम्वा सम्पदा संरक्षण तथा जिर्णोद्वार गत साल ४० लाख अघिल्लो बर्ष र यस वर्ष १ करोड बजेट विनियोजन भएको हो ।
४ करोड लागत लाग्ने यस गुम्बा लाई पुरातत्त्व विभागले उच्च प्राथमिकतामा राखी क्रमागत बजेट शिर्षकमा राखी नियमित रुपमा रकम विनियोजन गर्ने बताईएको छ ।
यता बौद्ध दर्शन तथा गुम्बा विकास समितिका तर्फबाट आठराई त्रिवेणीमा रहेको साङछ्यो पाल्ल्देन गुम्बा, ७ लाख,आठराई त्रिवेणी श्रीसाङ्गे साङ छयोलिङ बौद्ध गुम्बा, आठराई त्रिवेणी १, मा ७ लाख, छ्योलिङ गुम्बा फक्ताङलुङ ६ मा १० लाख, तामाङ समाज टासी ठेन्डुक लिङगेन बौद्ध गुम्बा, फक्ताङलुङ ४, मा १०, श्री जिन्दाग क्ष्योसाङ गुम्वा, फक्ताङलुङ २ मा १० लाख, काम्छाङ छयोइङ ग्यासालिङ थार्पालिङ गुम्बा, फुङलिङ ६, मा १० लाख, ङाग्युर मिङमा डोकुन थार्पालिङ गुम्बा, फुङलिङ ८ लाई ७ लाख, टासी छोलिङ गुम्बा, मिक्वाखोला ४, ताप्लेजुङ ७ लाख, दाङवोगोला गुम्बा निर्माण फुङलिङ २ मा ५ लाख १० हजार रकम विनियोजन भएको हो ।
त्यस्तै तामाङ्ग गुम्बा पूर्वाधार निर्माण फुङलिङ ८ मा दोखुमा ५ लाख ३० हजार, टासी छोकर गुम्बा, मिक्वाखोला गा.पा. ४, ताप्लेजुङ ७ लाख ,युलुङ ञिङम छयोलिङ गुम्बा, मेरिङदेन ५ को लागी १०, टासी छेलिङ गुम्बा, मैवा खोला ५ मा ७ लाख,उर्गेन छयेलिङ गुम्बा, मैवाखोला ३, मा ७ लाख, निङमा टासी छ्योलिङ गुम्बा सिदिङ्गबा ४, ७ साङ छोलिङ गुम्बा, सिरिजङ्घा ८ को लागी १० लाख , साङाडिकी छोलिङ गुम्बा मैवाखोला २ को लागी ७ लाख ५० हजार , सागाछोलिङ गुम्बा सिरिजंगा ८ याम्फुदिन १० लाख विनियोजन भई काम भएको भट्टराईका स्वकीय सचिव प्रेम गुरागाँईले बताएका छन । ।



















