सनराइज बैङ्कले दियो पाथीभरालाई तीन वटा टवाईलेट
ताप्लेजुङ । सनराइज बैङ्कले पाथीभरा तीर्थयात्रीहरूलाई सुविधा पुर्याउने उद्देश्यले तीन वटा प्रोटेबल टवाईलेट हस्तान्तरण गरेको छ ।
शनिवार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सनराइज बैङ्कको उपमहाप्रबन्धक (डिजीएम) रविन कुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेलाई तीन वटा प्रोटेबल टवाईलेट र एक थान डिजिटल डिस्प्ले हस्तान्तरण गर्नुभएको सनराइज बैङ्क ताप्लेजुङका मेनेजर अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

यस अघि पनि एनएमबी बैङ्कले आठ वटा प्रोटेबल टवाईलेट दिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकासलाई दिएको थियो उक्त प्रोटेबल टवाईलेट जडानको खर्च काठमाडौँ निवासी तीर्थयात्री रञ्जना पाठक गर्नु भएको थियो । सनराइज बैङ्कले दिएको डिस्प्ले पाथीभरा क्षेत्रको काफ्ले पार्टी राखिने र लिप्टीङ प्रविधिको खानेपानी पाथीभरा डाँडामा पुगेपछि टवाईलेट सञ्चालनमा आउने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।




















