ताप्लेजुङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले उम्मेदारको नामावली पठायो 

मदन गौतम
भदौ १७, २०७९

ताप्लेजुङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ र समानुपातीकतर्फका उम्मेदारको सिफारीस गरि नामावली पठाएको छ ।

प्रतिनिधिसभाको लागि होमप्रसाद तुम्बाहाम्फे र उदय लिङदेनलाई सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै प्रदेशसभा १(क)मा भूपेन्द्र मावो र (ख)मा मुक्साम लाबुङलाई सिफारिस गरिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ प्रदेश १ सरकारका राज्यमन्त्री समेत रहनु भएकी बिष्णु तुम्बाहाम्फे, बिष्णुकुमार यक्सो र अमृता गुरुङको नाम सिफारिस गरिएको छ । प्रदेशसभाको समानुपातिकतर्फ भने इन्द्रकुमारी मेन्याङ्वो लिम्बू, डि.वी खुदाङ,रीता मादेन र रुपा चोङ्वाङ सिफारिस भएका छन् ।
यस अघिनै मंसिर ४ गते हुने प्रतिनीधी सभा तथा प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसले ताप्लेजुङको प्रदेशसभा (ख)मा र नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फ पार्टीका उम्मेदवार घोषणा गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*