एकै परिवारका तीन जनाको हत्या

वेलकम खबर
भदौ १७, २०७९

उदयपुर । एकै परिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी मृतकका नातेदार हुन् ।घटना आज बिहान ११ बजे घटेको र शव टुक्राटुक्रा पारेको अवस्थामा भेटिएको र घटनास्थल बरपर प्रहरी परिचालन गरिएको यादवले बताए ।प्रारम्भिक अनुसन्धानका आनधारमा सबैलाई खुकुरी प्रहार गरिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*