सरोकार केन्द्रले ताप्लेजुङमा जन्मेर ख्याती कमाएहरुलाई गर्यो सम्मान (फोटो फिचर)
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले ताप्लेजुङ जन्मभई विभिन्न क्षेत्रमा योगदान पुरयाउनेहरुलाई सम्मान गरेको छ ।
सरोकार केन्द्रको १७ औ साधारण सभा तथा चौथो स्थापना दिवसको अवसरमा विहिवार सिरिजंघा ७ खेवाङमा जन्म भई शसस्त्र प्रहरी वल, नेपालको शसस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) चन्द्र प्रकाश गौतम, ताप्लेजुङ फुङलिङ ६ मा जन्मिई नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक (DIG) बुद्धिराज गुरुङलाई सम्मान तथा बधाई दिएको हो ।

फक्ताङलुङ वडा ३ लिङखिममा जन्मुन भई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी सदस्य पदमा नेपाल सरकारबाट मनोनित हुन भएकी निर्मला लिम्बु , मिक्वाखोला वडा ४ साँवामा जन्म भई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्य पदमा मनोनित हुन भएका मिङ्माकामी शेर्पालाई प्रशंसा पत्रले सम्मान गरेको हो ।

त्यस्तै ताप्लेजुङ फुङलिङ नगरपालिका ७ मा जन्मनु भएका भरतमणि पौडेल नेपाली हास्यव्यङ्ग्य रियालिटी सो कमेडी च्यापियन सिजन २ का विजेता भएकोमा गौरब महसुस गदै प्रशंसा पत्रले सम्मान गरेको हो । फुङलिङ ४ मा जन्मुन भई विवाहित नारीहरू बीच भएका मिसेस ग्लोबल नेपाल २०२२ को सौन्दर्य प्रतियोगिताको विजेता बन्न सफल निता लिङदेन मादेनलाई प्रशंसा पत्रले सम्मान गरेको छ ।

फक्ताङ्लुङ ६मा जन्मनु भई मिस मंगोल २०१९ मा विजेता बनेका सिभिरा लामा,फुङलिङ १ मा जन्म भई मिस मङ्गोल २०१९ सौन्दर्य प्रतियोगितामा फस्ट रनरअफ भएकी प्रिया मादेनलाई प्रसंसा पत्रले सम्मान गरेको निवर्तमान अध्यक्ष चित्रगुप्त साँवाले बताउनुभयो ।


कोभिड १९ को समयमा महिनौ दिन सम्म निशुल्क खाना साथै स्वास्थ्य सामाग्री वितरण गरी जिल्लावासी र आम सर्वसाधारणमा पुर्याएको सहयोग साथै ओलाङचुङगोलाबाट तिब्बतको टिप्तालासम्मको सडक स्तरोन्नति लगायत काममा उल्लेख्य योगदान गरेको भन्दै प्रसंसा पत्रले सम्मान गरेको छ ।

ओखलढुगा लिखु ७ मा जन्म भई विपन्नको लागि स्वास्थ्य संस्थाको संस्थापक रहि मुटु मृगौला र क्यान्सर लगायतका बिरामीहरूको उपचारमा ताप्लेजुङवासीलाई महत्वपूर्ण सहयोग तथा योगदान पुर्याएको भन्दै प्रसंसा पत्र प्रदान गरेको हो ।

सरोकार केन्द्रले केही महिना अघि सिरिजंगा भएको बाढी पीडितहरूको लागि पनि ५१ हजार सहयोग गरेको संस्थाका महासचिव सन्तोष मादेनले जानकारी दिनुभयो । सरोकार केन्द्रले आयोजना गरेका देउसी भैलो तथा सांस्कृतिक कार्यक्रममा सहयोग गर्नेहरूलाई पनि नगद तथा प्रशंसा पत्रले सम्मान गरेको छ ।

पुरस्का तथा सम्मान पत्र सरोकार केन्द्रका संस्थापक अध्यक्ष तथा पूर्वमन्त्री भरत प्रधान, निर्वाचन आयोगका पूर्व निर्वाच्न आयुक्त सुर्यप्रसाद श्रेष्ठले वितरण गर्नुभएको थियो ।




















