ताप्लेजुङ सरोकार केन्द्र कलाकार पुरस्कार झुमालाई

वेलकम खबर
भदौ १७, २०७९

काठमाडौ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौले जिल्लामा जन्म भई राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारलाई सम्मान तथा पु्रस्कुृत गरेको छ ।
सरोकार केन्द्रको १७ औ स्थापना दिवस तथा चौथो अधिवेसनमा विहिवार नेपाली मौलिक कला संस्कृतिको क्षेत्रमा विशेष योगदान पुरयाएको रैथाने भाकाको अध्ययन,अनुसुन्धान तथा खोज गरी नेपाली मौलिक कला संस्कृतिको विकासमा योगदान पुरयाएको साथै बाद्य बाद्यन क्षेत्रमा ढेला नेपाली लोक बाजाको विकास गरी संङ्गीत क्षेत्रमा नयाँ आयाम थपिको भन्दै ताप्लेजुङ मैवाखोला ३ ढुगेसाँघु जन्मनुभएका झुमा वनेम लिम्बुलाई ताप्लेजुङ सरोकार केन्द्र कलाकार पुरस्कार नगद २५ हजार १ बाट पुरस्कृत गरिएको हो ।
पुरस्कार सरोकार केन्द्रका संस्थापक अध्यक्ष तथा पूर्वमन्त्री भरत प्रधानले वितरण गर्नु भएको आयोजक जनाएको छ । केन्द्रका निर्वतमान अध्यक्ष चित्रगुप्त साँवाले ताप्लेजुङ कलाकार कल्याण कोष ७ लाख र सामाजिक सेवा कोष २ लाखको स्थापना गरेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*