ताप्लेजुङ ‘ख’मा हाङगामको नाम शिफारिस
वेलकम खबर
भदौ १६, २०७९
ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङले आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको प्रदेश निर्वाचन क्षेत्र नं (ख)को प्रत्यक्ष तर्फकोे उम्मेदवारमा खगेन सिं हाङगामको नाम सिफारिस गरेको छ ।
आज बसेको क्षेत्रीय बैठकले हाङ्गामको एकल नाम सिफारिस जनाएको छ । पार्टीले एक महिला सहित तीन जनाको नाम सिफारिस गर्ने अधिकार भए पनि एकल नाममा सहमति भएको श्रोतले जनाएको हो ।समानुपातिकमा भने सात जनाको दावी रहेको छ । यता प्रदेश नम्बर एकले भने भोलि मात्रै सिफारिस गर्ने भएको छ । आज आकाङ्क्षीहरूको नाम संकलन गरिएको छ ।



















