ताप्लेजुङ सरोकार केन्द्रमा श्रेष्ठ अध्यक्ष र मादेन महासचिव बन्दै
काठमाडौ । ताप्लेजुङ सरोकार केन्द्रको १७ औ स्थापना दिवस तथा चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्ने भएको छ । आज काठमाडौँको बागबजारमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको हो ।
हालका अध्यक्ष चित्रगुप्त साँवाले नदोर्याउने भए पछि उपाध्यक्ष टंक श्रेष्ठ अध्यक्ष हुने पक्का जस्तै भएको छ ।
हाल रहेको उपाध्यक्ष ईश्वरी पौडेल,उपाध्यक्ष नै दोरयाउने बुझिएको छ । अर्का उपाध्यक्ष बलबहादुर तामाङ ताप्लेजुङ तर्फ रहेको साथै आफु भन्दा सिनियर अरु नै रहेको हुदाँ अध्यक्षमा दाबी नरहेको बताउनु्भयो । हालको महासचिव नन्दु बनेम उपाध्यक्ष हुने पक्का छ । त्यस्तै सदस्य माधव प्रधानले पनि उपाध्यक्षमा दाबी गर्नु भएको छ ।
महासचिवमा भने हालका उपमहासचिव तथा कार्यालय प्रमुख सन्तोष मादेन हुने निश्चित जस्तै बनेको छ । उपमहासचिवमा भने हालका कोषाध्यक्ष मिङमाडण्डु लामा,सचिव पदमजंग आङबुहाङ,ज्ञानु ईजम,लगायतले दाबी गरेको बुझिएको छ । त्यस्तै कोषाध्यक्षमा लोजक लामा,धनजित लिम्बु रुपा आङबुहाङको दाबी रहेको छ । सचिवमा अशोकप्यारी राई,मोहन योङजन,प्रेमहाङ बनेम,भक्ति भट्टराई,दिपा परियार,जीबन चिन्तन राई गणेश अधिकारी डा.आलोक प्रसाई लगायत एक दर्जन आकाक्षी रहेका छन । सरोकार केन्द्रको विधानले ५१ जना सदस्य रहने ब्यवस्था विद्यानले गरेको छ । अधिवेसन संस्थापक अध्यक्ष डाक्टर भरत प्रधानको प्रमुख आतिथ्यतामा हुने छ ।
अधिवेशनको लागि सरोकार केन्द्रले अधिबक्ता गोविन्द्र भट्टराईलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । अधिवेशनमा सम्मान लगायत विविध कार्यक्रमहरू हुने आयोजकले जनाएको छ ।



















