एमालेबाट काठमाडौँ १० वटै निर्वाचन क्षेत्रका लागि सिफारिस आकांक्षी (नामावलीसहित)

वेलकम खबर
भदौ १५, २०७९

काठमाडौ ।  नेकपा (एमाले) काठमाडौँ जिल्ला क्षेत्रीय कमिटीहरुले जिल्लाका सबै निर्वाचन क्षेत्रका आकांक्षीहरुका नामहरु सर्वसम्मतबाट सिफारिस गरेका छन्। आगामी मंसिर ४गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका आकांक्षीहरुको नामावली सिफारिस गरेका हुन्।

ती कमिटीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई, क्षेत्र नम्बर २ मा मणीराम फुयाल, क्षेत्र नम्बर ३ मा कृष्णराई, क्षेत्र नम्बर ४ मा डा. राजन भट्टराई, निर्मल कुईँकेल, क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेल, क्षेत्र नम्बर ६ मा योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल माताप्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना सर्वसम्मत सिफारिसमा परेका छन्।

यसैगरी क्षेत्र नम्बर ७ मा इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त, क्षेत्र नम्बर ८ मा राजेश शाक्य क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य र क्षेत्र नम्बर १०मा  विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेनद्र मानन्धर र शम्भुराम महर्जन छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*