आगामी निर्वाचनमा एमाले एक्लैले १५० सिट जित्छ : केपी शर्मा ओली
वेलकम खबर
भदौ १५, २०७९
कञ्चनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा १५० सिट जित्ने दाबी गर्नुभएको छ ।आज एमाले कञ्चनपुरले महेन्द्रनगर स्मारकमा आज गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभातर्फ एक्लै १५० सिट जित्ने दाबी गर्नु भएको हो ।ओलीले भन्नुभयो, ‘आगामी निर्वाचनमा एक्लै प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छौँ।’ उहाँले एमालेले अरूका बलमा नभई जनताको मतले जित्ने दाबी गर्नुभयो ।



















