ताप्लेजुङको पर्यटकीय क्षेत्रका लागि करोडौँ रकम 

वेलकम खबर
भदौ १५, २०७९

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङका तीन वटा पर्यटकीय क्षेत्रलाई नेपालको सय गन्तव्य सूचीमा समावेश गराई सो क्षेत्रको विकासका लागि करोडौँ रकम विनियोजन गराउनुभएको भएको छ । 


ताप्लेजुङका तीन पालिका रहेको मुख्य पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरी पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले तिम्बुङ पोखरी फुङफुङे भरना र पाथीभरा क्षेत्रको विकासका लागि पूर्वमन्त्री समेत रहनुभएको भट्टराई सो क्षेत्रको विकासका निम्ति करोडौँ रकम विनियोजन गराउनुभएको हो ।
तिम्बुङ पोखरी क्षेत्रका मन्दिर निर्माण विश्राम स्थलहरू निर्माण,आवास पदमार्ग बाटो सौन्दरीकरण बासबस्ने गोठहरु निर्माण र  होमस्टे लगायतका काम गर्न हाल सम्म १ करोड ३५ लाख रकम विनियोजन भएर काम भएको सिदिङ्वा गाउँपालिकाले जनाएको छ ।
यता फुङफुङे झरना क्षेत्रमा पदमार्ग तथा पार्टी निर्माणका लागि ८५ लाख बजेट बिनियोजन भई सकेको छ । आर्थिक बर्ष ०७४।०७५ मा ५० लाख र ०७५।०७६मा ५० लाख विनियोजन भएपनि कामको प्रगति नभएपछि  केही रकम फिर्ता भएको हो । सो क्षेत्रमा पदमार्ग पाटी पौवा निर्माण गरिएको स्थानीयबासी बताउछन । 


पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार पाथीभरा पैदल मार्गमा ट्रस निर्माण ८० लाख, पाथीभरामा विश्राम गृह निर्माणमा २४ लाख, रेस्क्यू सेन्टर तथा युटिलिटी २ करोड ३० पाथीभरा मन्दिर परिसर संरक्षण कार्यक्रम १ करोड,पाथीभरा अपलिप्टिङ खानेपानी सहलगानी आयोजना कुल ८ करोड २२ लाख, पाथीभरामा पूर्वाधार निर्माणका लागि पाथीभरा क्षेत्र विकास समितिमा प्राप्त हुने अनुदान   बढेर प्रत्येक वर्ष १ करोड १० लाख, विनियोजन भएको बताउनुभयो ।

पाथीभरा क्षेत्रमा फोर जिको टावर समेत निर्माण भई सकेको छ भने नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन समेत पाथीभरामा पुर्याउने कार्य अन्तिम चरण पुगेको बताउनुभयो ।

 पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेका अनुसार योगेश भट्टराई ताप्लेजुङको जनप्रतिनिधि भएपछि जिल्लाको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण कार्य भएको जनाउँदै पाथीभरा क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएको बताउनुभयो । 


हाल सुकेटार देखि काफ्ले पार्टी सम्मको ११ किलो मिटरको बाटो कालोपत्रे गर्ने कार्य ५२ करोडमा ठेक्का समेत भई ठेकेदारबाट कार्य प्रारम्भ भएको जानकारी समेत अध्यक्ष थेबेले दिनुभएको छ ।


त्यस्तै जिल्लाको अन्य पर्यटकीय क्षेत्रको पर्यटन प्रर्वद्धन गर्नका लागि करोडौँ बजेट विनियोजन भई काम भएको  नेकपा एमाले ताप्लेजुङका उपसचिव मणिशंकर पोमुले बताउनुभयो  । 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*