विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्दै सरोकार केन्द्र

वेलकम खबर
भदौ १५, २०७९

  काठमाडौँ । ताप्लेजुङ सरोकार केन्द्रको १७ औ स्थापना दिवस तथा चौथो अधिवेशनको तयारी पुरा भएको जनाएको छ ।
सरोकार केन्द्रले ताप्लेजुङमा जन्म भई विभिन्न सरकारी तथा प्रतिष्ठित उच्च पदमा पुगेको पदोन्नति र नियुक्ति पाएका व्यक्तिहरू सशस्त्र प्रहरीका चन्द्रप्रकाश गौतम नेपाल प्रहरीका डीआईजी बुद्धिराज गुरुङ लगायतलाई बधाई तथा प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम रहेको सरोकार केन्द्रले जनाएको छ ।
त्यस्तै कला क्षेत्रमा लागेर कलाकारिताको हित, संरक्षण र विकासलाई सहयोग गर्न ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँद्वारा स्थापित “ताप्लेजुङ सरोकार केन्द्र कलाकार पुरस्कार  २५ हजार सहित एक जना कला सर्जकलाई प्रदान गरिने व्यवस्थापन समितिका सचिव सन्तोष मादेनले बताउनुभयो ।
काठमाडौँमा क्रियाशील सामाजिक सङ्घसंस्थाहरूलाई पनि प्रशंसा पत्र वितरण गर्ने कार्यक्रम रहेको सरोकार केन्द्रले जनाएको छ । सरोकार केन्द्रले बिभिन्न व्यक्तिहरूलाई बधाई तथा सम्मान तथा आजीवन सदस्य वितरण गर्ने कार्यक्रम रहेको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताउनुभयो ।अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*