माओवादी ताप्लेजुङले टुंग्यायो प्रत्यक्ष तर्फका उम्मेदवार

वेलकम खबर
भदौ १४, २०७९

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  ताप्लेजुङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारहरूको नामावली टुङो लगाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आज माओवादी केन्द्र ताप्लेजुङले पत्रकार सम्मेलन गरी उम्मेदवार टुंग्याई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएको हो । सम्मेलनमा वितरित विज्ञप्तिमा प्रतिनिधिसभाको लागि माओवादी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुडाक्षेत्री पराग ,प्रदेश सचिवालय सदस्य लक्ष्मी अन्छङ्वो र प्रदेश सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज मिङमाडण्डु शेर्पाको नाम सिफारिस गर्ने उल्लेख गरेको छ ।
त्यस्तै प्रदेशसभा सदस्यको लागि (क) मा खेलप्रसाद बुडाक्षेत्री पराग र प्रदेश सदस्य बमबहादुर भट्टराई (तारा)लाई सिफारिस गर्ने जनाएको छ भने प्रदेश (ख)मा लक्ष्मी अन्छङ्वोमिङमाडण्डु शेर्पाको नाम पठाउने जनाएको छ ।
जिल्ला संयोजक विष्णुकुमार लिम्बुद्धारा हस्ताक्षरित विज्ञप्तिमा समानुपातिका तर्फ प्रतिनिधिसभा सदस्यको लागि निर्णय हुन  बाँकी  रहेता पनि पर्शुराम कार्की,तेजसम्मेर भट्टराई,ठाकुरसिँह साम्सोहाङ,देउबहादुर ईवाराम र गोमा चुडालको नाम आएको जनाएको छ । भने प्रदेश सभाको महिला तर्फका लागि पनि बिमला लिम्बु,मनकुमारी मादेन, मलिसा यक्सोमैया न्यौपानेको नाम आएको जनाएको छ भने पुरुष तर्फ प्रेमकुमार सेलिङ,पर्शुराम थोप्रा,सागर आङबुहाङ, पूर्ण ईजम,मिङमाडण्डु लामा र अमरनन्द खातीको नाम आएको तर निर्णय हुन बाँकी रहेको बिज्ञप्तीमा उल्लेख छ ।
प्रदेशको निर्णय अनुसार संघीय निर्वाचन परिचालन समितिको प्रमुखमा मिङ्माडण्डु लामा र उपप्रमुखमा सागरमणि गौतम रहनु भएको छ । प्रदेश क मा तेजसम्मेर भट्टराई प्रमख र प्रेम सेलिङ उपप्रमुख रहनु  भएको छ । प्रदेश खमा विष्णुकुमार लिम्बू प्रमुख र मानबहादुर केसी उप प्रमुख रहनु भएको छ ।माओवादी एक महिने पार्टी अभियान समेत सञ्चालन गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*