पालिकाको १ सय दिन :ताप्लेजुङको आठराई त्रिवेणीले जनताको पक्षमा गर्यो २० काम
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाँउ पालिकाले पद बहाली भएको एक सय दिनमा २० काम गरेको छ ।
आठराई त्रिवेणी गाउँपालिकाले १ सय दिनमा २० वटा उपलब्धी हासिल गरेको सगौरव सार्वजनिक गरेको हो । पालिका अध्यक्ष दिपेन पोमुले निर्वाचन पछिको सय दिनमा गाँउपालिकाले गरेको महत्वपूर्ण कामहरु सार्वजनिक गदै सय दिनमा भएको महत्वपूर्ण २० काम जनताको पक्षमा र आठराई त्रिवेणीको समृद्धिको प्रस्थान विन्दु भएको बताउनुभएको छ ।
‘पाँच वर्षमा हामीसँग करिब १ हजार ८ सय दिन समय हुन्छ ’ त्यस मध्ये हामीसँग १ हजार ७ सय दिन बाँकी नै छ । तर हामी विकास र समृद्धिको कामलाई वर्षमा र महिनामा होइन दैनिक कति उपलब्धी भयो भनेर मूल्यांकन गर्दै अघि बढेका छौं ।उहाँले भन्नुभयो ’
पालिकाले सार्वजनिक गरेको सय दिनको काममा पालिकाबासीले घरायसी प्रयोजनका लागि बालेको बिजुलीको महशुल निशुल्क गर्नका लागि कार्यविधिी तयार गरिएको छ ।
अब यसलाई चाँडै नै कार्यन्वयनमा लगिनेछ । कक्षा ११ र १२ पढ्ने सविद्यार्थीलाई निशुल्क पढ्ने व्यवस्था मिलाइएको छ । यसैगरी लामो समय देखि मानसिक रोगले थलिएका एक व्यक्तिको उपचारको व्यवस्था गाउँपालिकाले गरेको छ । सुरक्षित सुत्केरी गराएर मातृमृत्यू र बालकृत्यू दर घटाउन सबै वडाहरुमा बर्थिङ सेन्टर स्थापना गर्नका लागि आवश्यक कर्मचारीको प्रवन्ध गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
शिक्षाको सुधारका लागि प्रधानअध्यापकलाई थप जिम्मेवार बनाउन प्रोत्साहन स्वरुप १ हजार ५ सय रुपैंया प्रोत्साहन भत्ता लागु गरिएको पालिकाले जनाएको छ । एक वडा एक सामुदायिक भवन बनाउने नीतिको कार्यन्वयन सुरु गरिएको छ । गाउँपालिकाबाट जनही १ लाखका दरले प्राविधिक बिषयमा उच्च शिक्षा हासिल गर्नका लागि ७ जना विद्यार्थीलाई सहयोग गरिएको छ । मितव्ययी ढंगले सरकार सञ्चालन गर्नका लागि खर्च मापदण्ड र प्रशासनिक सुधार एवं मितव्ययी नीति अपनाइएको छ ।
गाउँपालिका भित्र रहेका कच्ची सहडकको स्तरोन्नतीको काम सुरु गरिएको पोमुले जानकारी दिनुभयो । स्थानीय भाषाको जगेर्नाका लागि पालिकामा आनेपान सुरु गरिएको छ । स्वयसेविकालाई ५ सय रुपैंया भत्ता वितरण गरिएको छ । सबै वडाबाट असोज महिना देखि सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकाले जनाएको छ । विद्यालयलाई शान्ती क्षेत्र घोषणा गरिएको पोमुले बताउनुभयो ।




















