ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चको आयोजनामा सम्पन्न भयो तिज विषेश कार्यक्रम

वेलकम खबर
भदौ १२, २०७९

काठमाडौं । ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चको आयोजनामा तिज विषेश कार्यक्रम सम्पन्न भएको छ । नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा आज काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि सभाका सदस्य साथै पूर्व मन्त्री योगेश कुमार भट्टराईको उपस्थिति रहेको थियो । यस्तै विषेश अतिथिहरूमा नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा पूर्व सांसद तिलकुमार मेन्याङबो, नेकपा एमालेका केन्द्रीय सदस्य उर्मिला थेबे, प्रदेश सभा सांसद होमकुमारी सांवा लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि योगेश भट्टराईले नेपालमा मनाइने सम्पूर्ण चाड पर्वहरू अहिले स्थापित हुँदै गएको बताए । साथै अहिले मुलुको भाग्य भविष्य, जनताको भाग्य भविष्यको पूर्व सन्ध्यामा प्रवेश गरिसकेको बताउँदै उनले भने, आगामी मंसिर ४ गते हुने निर्वाचनमा एकताका साथ सक्रिय सहभागिताका साथ नेकपा एमालेलाई जिताउनमा लाग्ने छौं भन्ने आशा लिएको छु ।’ यस्तै सांस्कृतिक, सामाजिक एकताको सहकार्यमा सहयोग गरेको भन्दा ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चलाई पनि धन्यबाद दिएका छन् ।

यस्तै नेकपा एमालेका पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङबोले आगामी मंसिर ४ गने हुँने निर्वाचनमा नेकपा एमालेलाई जिताउन सक्रियका साथ सहभागिता जनाउने ताप्लेजुङले आशा राखेको बताए । यस्तै नेपाल एक बहु जाति बहु भाषिक बहु संस्कृतिको सुन्दर फूलबारी रहेका बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य उर्मिला थेवेले महिला दिदी बहिनी बिनाको राजनीति राजनीति नै नहुने महिला बिनाको संघ संस्था संघ संस्था नै नहुने बताएकी छिन् । त्यसैले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश तथा प्रतिनिधिमा प्रत्यक्ष र समानुपातिक दुवै पदमा सक्रियका साथ उम्मेद्वार दिन आग्रह गरेकी छिन् ।

यो तीज विषेश कार्यक्रमले महिला दिदी बहिनीको सम्मान मात्र नभइ जिल्लाको एकतालाई अझ मजबुत बनाउने विश्वास लिएको सम्पर्क मञ्चका सचिव प्रेम गुरागाँईले बताए । कार्यक्रम सम्पर्क मञ्चका अध्यक्ष मिङमा कामीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*