प्रधानमन्त्री देउवा आज बुटवल जादै

वेलकम खबर
भदौ ११, २०७९

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं। १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्ने भएका छन् ।

त्यसका लागि प्रधानमन्त्री देउवा आज बुटवल जाने भएका हुन् । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभासम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी विस २०७१ मा ठेक्का सम्झौता भएको हो ।

थप भएको म्यादअगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ ।

यो सभाहल एक हजार सीट क्षमताको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*