२० वर्ष अघि निधन भइसकेका शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वेलकम खबर
भदौ १०, २०७९

काठमाडौं । बीस वर्षअघि निधन भइसकेका कुमार खड्गविक्रम शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध २९ करोड ८८ लाख ८१ हजार रुपियाँ बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

राजपरिवारका ज्वाइँसमेत रहेका शाहको २०५८ साल जेठ १९ गतेको राजदरबार हत्याकाण्डमा निधन भएको थियो । कर्मचारीलाई प्रलोभनमा पारेर शाहले धनुषाको पिडारी चोकस्थित रत्नसागर मन्दिरको जग्गा आफ्नो नाममा ल्याएको आयोगको आरोप छ ।

फौजदारी कार्यविधि संहिताले निधन भएका व्यक्तिलाई जेल र जरिवानाको सजाय हुन नसक्ने व्यवस्था गरेको छ । उक्त संहिताले अपराधीसँगै अपराध पनि मर्दछ भन्ने न्यायको सर्वमान्य सिद्धान्तलाई अङ्गीकार गरेको छ ।

तर, भ्रष्टाचार निवारण ऐनले भने निधन भइसके पनि व्यक्तिको हकमा सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने व्यवस्था गरेको छ। सोही व्यवस्थाबमोजिम शाहलाई कारबाहीको माग गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*