एसइइ ग्रेडवृद्धि लागि ताप्लेजुङमा चारवटा केन्द्र निर्धारण र केन्द्राध्यक्ष पनि तोकियो

वेलकम खबर
भदौ ९, २०७९

ताप्लेजुङ । माध्यमिक शिक्षा परिक्षा (एइइ) भदौ ११ र १२ गते संचालन हुदैछ । ग्रेडवृद्धि परिक्षाका लागि ताप्लेजुङमा केन्द्र तथा केन्द्राध्यक्ष तोकिएको छ ।

ताप्लेजुङको फुङलिङका २ वटा सामुदायिक विद्यालय र एक निजी विद्यालयमा ४ वटा केन्द्रमा परिक्षा संचालन हुने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भटटराईले बताउनु भयो । इकाई प्रमुखका अनुसार भानुजन माध्यमिक विद्यालयमा क र ख गरि २ केन्द्र , युवा बर्ष मावि कैजले र लिटलबुद्ध आवासिय माविमा परिक्षा केन्द्र तोकिएको छ । भानुजन मावि क केन्द्रमा राजमणी प्याकुरेल , ख केन्द्रमा युवराज पौडेल , युवा बर्ष मावि कैजलेमा चन्द्रमणि पौडेल र लिटल बुद्ध आवासीय माविमा युवराज गिरी केन्द्राध्यक्ष चयन हुनु भएको छ ।

परिक्षाको पहिलो दिन ११ गते १ हजार १ सय २४ जना र १२ गते दोस्रो दिन ५ सय ६७ जना विद्यार्थीले ग्रेडवृद्धिको परिक्षामा लागि सहभागी हुने प्रमुख भटटराईले जानकारी दिनु भयो । भानुजन मावि क केन्द्रमा १० वटा , ख केन्द्रमा २६ वटा लिटलबुद्ध आवासिय माविमा ९ वटा र युवाबर्ष माविमा २१ वटा विद्यालयका विद्यार्थीले परिक्षा लेख्ने भएका छन् । एक विषयमा मात्र ग्रेडवृद्धि गर्ने परिक्षार्थीले पहिलो दिन ११ गते नै परिक्षा लेख्नु पर्ने हुन्छ भने दुईवटा बिषयमा ग्रेडवृद्धि गर्ने परिक्षार्थीले सानो कोड भए पहिलो दिन र ठुलो कोड भएमा दोस्रो दिन लेख्नु पर्ने प्रावधान रहेको इकाई प्रमुख भटटराईले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*