इञ्जिनियर्स दिवसको अवसरमा फक्ताङलुङका विद्यार्थीलाई झोला

वेलकम खबर
भदौ ९, २०७९

ताप्लेजुङ । ६० औं इञ्जिनियर्स दिवसको अवसरमा घोषणा गरिएको ७५ वटा झोला विहिवार ९आज० हस्तान्तरण गरिएको छ । इञ्जिनियर्स एसोशिएसन ताप्लेजुङका इञ्जिनियर नन्दकुमार ओझा लगायतले फक्ताङलुङ गाउ‘पालिकाका उपाध्यक्ष विकाश साम्रालाई हस्तान्तरण गरेका छन ।
स्कुले विद्याथीलाई किताब बोक्न प्रयोग गरिने यी झोला फक्ताङलुङ गाउ‘पालिका २ खेजेनिमको चवाखु र सिवुक आधारभुत विद्यालयका कक्षा ३ मुनिका बिद्यार्थीलाई प्रदान गरिने भएको छ । गाउपालिका उपाध्यक्ष साम्राले आइतवार विद्यालयमा पुगेर हस्तान्तरण गर्ने बताउनु भयो । झोला करिब ८० हजार वढी मुल्य परेको ओझाले जानकारी दिए । जिल्लाका २५ जना इञ्जिनियरले संयुत्त रुपमा खरिद गरेका हुन ।
इञ्जिाियरहरुले गतवर्षपनि सदरमुकाम फुङलिङका सुस्तश्रवण वालवालिकालागि कपडा धुने वासिङ मेशिन, ग्यॉस चुल्हो लगायतका सामग्री प्रदान गरेका थिए । हस्तान्तरण कार्यक्रममा इञ्जिनियरहरु मञ्जिला श्रेष्ठ, बिशाल गुरुङ लगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*