पाथीभरा महोत्सबको नाम मुकुम्लुङ महोत्सव राख्न माग सहित संघर्षका कार्यक्रम घोषणा

मदन गौतम
भदौ ९, २०७९

ताप्लेजुङ । मुकुम्लुङ संघर्ष समिति तथा किरात याक्थुम चुमलुङ ताप्लेजुङले आगामी असोज ११,१२ र १३ गते हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई मुकुम्लुङ पर्यटन महोत्सव परिवर्तन नगरेमा बन्द हडताल जस्ता सघर्षका कार्यक्रम गर्ने पत्रकार सम्मेलन गरि विज्ञप्ती मार्फत चेतावनी दिएको छ ।

मुकुम्लुङ संघर्ष समिति तथा किरात याक्थुम चुमलुङ ताप्लेजुङले पहिलेदेखि नै पाथीभरालाई मुकुम्लुङ नाम राख्नुपर्ने माग राख्दैआएका छ। मुकुम्लुङ संघर्ष समिति तथा किरात याक्थुम चुमलुङ ताप्लेजुङ दुवैले बुधकार फुङलिङमा पत्रकार सम्मेलन गरि चारबुधे माग राखेका छन् आफ्ना माग पुरा नभएमा शत्रक्त् बन्द , हडताल जस्ता सघर्षका कार्यक्रम अघि बढाउने घोषणा गरेका छन् । मुकुम्लुङ संघर्ष समितिका तर्फ सहसंयोजक नविन फुरुम्बो किरात याक्थुङ चुम्लुङ तप्लेजुङतफैबाट अध्यक्ष इन्दिरा मेन्याङबोले हस्ताक्षर गरेका छन् । पाथीभरा म्याराथोन तथा पर्यटन महोत्सवलाई मुकुम्लुङ पर्यटन महोत्सवमा परिवर्तन गरी औपचारिक पत्र ,अन्य कागज तथा होर्डिङबोर्ड स्वागत गेटमा मुकुम्लुङ पर्यटन महोत्सव लेखिनु पर्ने पाथीभरा महोत्सबको नाम मुकुम्लुङ महोत्सव राख्न माग सहित संघर्षका कार्यक्रम घोषणामा उल्लेख छ ।

संघर्ष समिति र किराँत याक्थु चुम्लुङले सम्बिन्धीत सरोकारवालाहरुलाई यस बिषयमा जानकारी गराएपनि माग सुनुवाई गर्न चासो नदिएको भन्दै असोज ९ गते देखि १३ गते सम्म ४ दिन ताप्लेजुङमा बजार तथा यातायात बन्द गर्ने घोषणा गरेका छन् । माग सुनुवाई भएमा सघर्षका कार्यक्रम फिर्ता लिने भनेका छन् । ताप्लेजुङमा असोज ११ देखि १३ सम्म पाथीभरा म्याराथोन तथा पर्यटन महोत्सव आयोजना हुन लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*