नेकपा एमाले पोलिटव्यूरो दोस्रो बैठक तस्वीरमा यस्तो देखियो

वेलकम खबर
भदौ ९, २०७९

काठमाडौं – आगामी मंसीर ४ गते हुने निर्वाचनको रणनीति तय गर्न नेकपा एमालेको पोलिटव्यूरो बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यलय च्यासलमा सुरु भएको बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने छ ।

बैठकमा केन्द्रीय कमिटीमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनबारे अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिँदै हुनुहुन्छ ।

भोलि र पर्सि  दुई दिन केन्द्रीय कमिटी बैठक बस्दैछ। यस्तै १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक बस्नेछ।

यसअघि मंगलबार बसेको स्थायी कमिटीको बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी र रणनीतिबारे छलफल गरेको थियो।

तस्वीरहरुः एमाले अध्यक्ष सचिवालय

 

 

 

 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*