ताप्लेजुङमा ढुङगाले लागेर स्काभेटर खोलामा खस्यो, चालक भागेर बाँच्न सफल

वेलकम खबर
भदौ ९, २०७९

ताप्लेजुङ । पहरो फुटाउने क्रममा रहेको स्काभेटर मेसिन पल्टिएर कावेली नदीमा झरेको छ । कावेली ३ हाइड्रो पावर कम्पनीको मेसिन बुधबार खोलामा खसेको हो ।

स्थानीय यामनाथ बुढा क्षेत्रीका अनुसार काम गरेको स्थानदेखि करिब पाँच सय मिटर तल नदीको बीचमा पुगेर रोकिएको छ । हाइड्रो पावर कम्पनीका प्रबन्धक राजेन्द्र भारतीका अनुसार स्काभेटर खस्दा चालक विकास थापा भाग्न सफल भएका छन् । ‘काम गर्दैगर्दा माथिबाट पहरो फुटेर झरेछ,’ भारतीले भने, ‘त्यसले मेसिन पल्टाएपछि विकास उफ्रेर भाग्न सफल हुनुभयो ।’ सामान्य घाइते भएका उनको तेल्लोक प्राथमिक उपचार केन्द्रमा उपचार गराइएको भारतीले बताए ।

यही नदीबाट बिजुली निकाल्नका लागि आवश्यक सडक खन्ने क्रममा रहेको भारती बताउँछन् । यस ठाउँमा कावेली भुगोल इन्फ्रास्ट्रक्चर कम्पनीको मेसिनले काम गरिरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*