सिट बाँडफाँटबारे टुंगो लागउन बसेको गठबन्धनको बैठक बिना निष्कर्ष सकियो

वेलकम खबर
भदौ ७, २०७९

काठमाडौं। सिट बाँडफाँटबारे टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरुको सहभागिता थियो । तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित थिए ।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटबारे टुंगो लगाउन चुनाव घोषणा भएसँगै छलफलमा जुटेका हुन् । तर उनीहरु सहमतिमा पुग्न सकेका छैनन् । आजको बैठकमा सिट बाँडफाँटका आधारहरूमाथि छलफल भएको थियो । बैठक भोलि पुन: बस्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*