नेपाली कला संस्कृति पर्यटनको आधार हो : पर्यटनमन्त्री श्रेष्ठ

वेलकम खबर
भदौ ७, २०७९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली कला र संस्कृति पर्यटनको आधारको रुपमा रहेको बताएका छन् ।

सोमबार नेपाल व्यावसायिक कलाकार संघले नेपाल आर्ट काउन्सिलमा आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा लिखित ‘सत्यम्, शिवम्, सुन्दरम्’ नामक पुस्तक विमोचन तथा चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कलाका विविध सौन्दर्यले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनारी दिने बताए । नेपाली कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

पर्यटकीय क्षेत्रको संरक्षण र पूर्वाधार विकासलाई प्राथमिकता दिएको उनले बताएका छन् । मन्त्री श्रेष्ठले संस्कृतिको संरक्षण र प्रचार–प्रसारलाई योजनावद्ध रुपमा अघि बढाइएको जानकारी पनि सो अवसरमा दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*