‘प्रचण्ड र नेपाल देउवाको कमैया बसेकाले तत्काल वाम एकताको सम्भावना छैन’

वेलकम खबर
भदौ ५, २०७९

रामेछाप । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाकोमा कमैया बसेको टिप्पणी गरेका छन्। प्रेस चौतारी रामेछापले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै भट्टराईले प्रचण्ड र नेपाल देउवाको कमैयाबाट नछुटुन्जेल वाम एकताको सम्भावना नरहेको बताएका हुन्।

कमैया र हलिया प्रथाको आन्दोलन गरेका मान्छेहरूनै आफैं कमैया बसेको भट्टराईको टिप्पणी छ । वर्तमान सरकारले नागरिकता जस्तो कुरामा बल मिचाइँ गरेर विधेयक अगाडि बढाएर ठूलो गल्ती गरेको बताए ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले देशलाई खण्डित गरेको र असंवैधानिक गठबन्धन गरेको आरोपसमेत भट्टराईले लगाए । उनले यो विधेयकलाई संशोधन र परिमार्जन गर्न पनि मंसिर ४ गते हुने चुनावमा बहुमत ल्याउने बताए । एमालेको अहिलेको प्राथमिकता निर्वाचन भएकाले कुनै दलसँग गठबन्धनको प्रस्ताव नगरेको पनि भट्टराईले बताए ।

मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले आफ्नो घोषणा पत्र तथा समानुपातिकतर्फको नामावली तयार गरेर समयमै बुझाउने तयारी गरेको पनि भट्टराईले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*