ताप्लेजुङमा बिरामी जाँच्न भ्याइनभ्याई

वेलकम खबर
भदौ १, २०७९

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङदेवाकी ज्येष्ठ नागरिक रत्नमाया लिम्बू लडेर अनुहारमा चोट लागेपछि सोमबार जिल्ला अस्पताल पुगिन् । ज्येष्ठ नागरिक भएकाले उनलाई पालो पर्खिनु परेन । त्यही पनि टोकन लिएपछि ओपीडी डाक्टरसम्म पुग्न उनलाई झन्डै एक घण्टा लाग्यो ।

उनी जस्तै वृद्धवृद्धा एवं अशक्त सेवाग्राहीको संख्या ठूलै थियो । एक्सरेलगायतका विभिन्न जाँच गराएर औषधि लिँदा साँझ ५ बजेको थियो ।
दुई साताअघि डा। दीपेन्द्र बोखिम खाजा खाने समयमा बाहिर निस्किए । डाक्टरले नहेरेको र आराम गरेर बसेको भन्दै जिल्ला प्रशासन कार्यालयमा मौखिम उजुरी पर्‍यो । प्रमुख जिल्ला अधिकारीले डाक्टरलाई फोन गरेर उजुरीका विषयमा जानकारी गराए । डा। बोखिमका अनुसार उनले बिहान साढे १० बजेदेखि २ बजेसम्म ४५ जना जाँचेका थिए । त्योभन्दा अगाडि वार्डमा राखिएकालाई हेरेका थिए । दिउँसो थकित भएपछि केही समय खाजा खान निस्किए । तर उपचारका लागि गाउँ–गाउँबाट आएकाले रोश प्रकट गरे ।

ओपीडीमा झाडापखाला, निमोनिया, टाइफाइड, श्वासप्रश्वासलगायत समस्याका बिरामी अहिले दैनिक १ सयदेखि १ सय ३१ सम्म आउने गरेको अस्पतालले जनाएको छ । आइतबार र बुधबार यो संख्या अझै बढ्छ । साप्ताहिक रूपमा सोमबार गर्भवतीको पनि जाँच गर्नुपर्छ । सरकारद्वारा १५ बेड घोषणा भए पनि अस्पतालको वार्डमा २५ बेड राखिएको छ । कहिलेकाहीँबाहेक वार्ड बिरामीविहीन हुँदैन । इमर्जेन्सीमा पनि सेवाग्राही आइरहन्छन् ।
यी सबै बिरामी हेर्न डा। बोखिम र डा। पुजा सैंजु मात्र छन् । ती पनि अस्पतालका स्थायी डाक्टर होइनन् । डा। बोखिम छात्रवृत्ति कोटाअन्तर्गत दुई वर्षका लागि आएका हुन् । सैंजुलाई गैरसरकारी संस्थाले करारमा पठाएको हो । करारमै आएका डा। सुरेन्द्र लिम्बू साढे तीन महिने तालिमका लागि काठमाडौं गएका छन् । ‘दिनमा १५ देखि २० जनासम्मलाई राम्ररी जाँच्न सकिन्छ,’ डा। बोखिमले भने, ‘यति धेरैलाई त हेरेजस्तो गर्नुपरेको छ ।’ डाक्टर सैंजु र आफूले इमर्जेन्सी, वार्ड र ओटीमा समय मिलाएर हेर्नुपरेको उनले बताए ।
बेलुकाको नियमन पनि उनीहरूले नै गर्नुपर्छ । ‘यो भनेको एउटा मान्छेलाई एक दिनमा एक सय रोपनी राम्ररी जोत्नु भनेजस्तो छ,’ डा। बोखिमले भने, ‘भन्नु न कसरी सकिन्छ होला रु’ प्रदेश १ सरकारले यो अस्पताललाई ५० बेडको घोषणा गरेको छ ।
तत्कालीन सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले हतारमा उद्घाटन गरे । तर चिकित्सकको व्यवस्था गराउन सकेनन् । अस्पताल विकास समितिका अध्यक्ष छिरिङ लामा यसअघि बिग्रेको अस्पतालको वातावरणलाई सुधार्ने क्रममा रहेको बताउँछन् । ‘चिकित्सक ल्याउन र टिकाउने माहोल र आम्दानी हुनुपर्ने रहेछ,’ उनले थपे, ‘वातावरण बनाएका छौं ।’ विकास समितिको अध्यक्ष भएपछि लामा डाक्टर खोज्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउन पटक–पटक राजधानी कुदेका थिए । जिल्ला समन्वय समिति प्रमुख अस्पताल विकास समितिको अध्यक्ष हुने प्रावधान छ । जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक लक्ष्मण ढकाल ओपीडी सुरु भएपछि केही कर्मचारी सेवाग्राहीलाई बुझाउन लाइनमा बस्नुपर्ने बताउँछन् । ‘उहाँहरू उपचारको अपेक्षामा आउनुभएको हुन्छ,’ उनले भने, ‘डाक्टरले कुनै बिरामीलाई लामो समय दिएर जाँच्नुपर्छ, त्यो बेला पनि होहल्ला भइहाल्छ ।’ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*