प्रधानन्यायाधीशविरुद्ध नियतवश महाभियोग अगाडि बढाइएको हो : नेम्वाङ

वेलकम खबर
साउन २५, २०७९

ताप्लेजुङ । संविधान सभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालत जस्तो सर्वोच्च निकायका प्रधानन्यायाधीशलाई सत्ता गठबन्धनले अल्झाएर राखेको आरोप लगाएका छन् । पार्टी प्रशिक्षणका क्रममा ताप्लेजुङ पुगेका नेम्वाङले बुधबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा सर्वोच्च जस्तो निकाय कामचलाउको भरमा चलाएको गुनासो पनि गरे ।
‘हाम्रो पार्टीले दर्ता गराएकै दिन भनेको थियो, सर्वोच्चको प्रधानन्यायाधीशलाई झुन्ड्याएर राख्न दर्ता गरेको हो,’ नेम्वाङले थपे, ‘अब असोजसम्म संसद् चल्छ, महाभियोग पारित गराउन तीन महिना लाग्छ, अब भन्नुहोस कसरी पारित हुन्छ रु’ चुनाव घोषणा भएपछि नियतवश महाभियोग प्रस्ताव अघि बढाइएको बताएका नेम्वाङले गठबन्धनले अहिले फेरि आफू महाभियोगमा छु भन्ने बिर्सिएको टिप्पणी गरे । ढिलो गर्नु भनेको न्याय नदिनु पनि हो भन्ने मान्यतालाई नबिर्सन र यस्तो लापर्वाही नगर्नपनि उनले चेतावनी दिए ।


मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेले जित्ने उम्मेदवार मात्रै उठाउने र जिल्लालाई त्यस्ता व्यक्तिहरू मात्रै सिफारिस गर्न आफूले भनेको उनले बताए । त्यसैको सन्दर्भमा पनि आफूहरू जिल्ला दौडाहामा निस्किएको नेम्वाङले बताए । ‘हामीले स्थानीय तहको निर्वाचनलाई नजिकबाट नियालेका छौं,’ नेम्वाङले भने, ‘उम्मेदवार मिलाएको भए, आफ्नै खुट्टामा खुट्टा, पाइन्टमा पाइन्ट नअल्झाएको भए ५०र६० सिट बढी जित्थ्यौं ।’ अबको निर्वाचनमा त्यस्तो हुन नदिने दाबी नेम्वाङको छ ।
एमालेलाई अहिले घेराबन्दी गरिएको र त्यो घेराबन्दी तोड्न आफ्नो थैली बलियो बनाउनुपर्छ भन्ने कुराको ज्ञान एमालेलाई राम्ररी भएको नेम्वाङ वताउॅछन । आउने निर्वाचनको आधार तयार गर्न पनि आफूहरू जिल्ला जिल्लामा हिँडिरहेको उनले बताए । वर्तमान सरकार कामचलाउ भइसकेकाले दुरगामी महत्त्व राख्ने निर्णय गर्न नपाउने उनको दाबी छ ।

गठबन्धनभित्र अस्तव्यस्त रहेको र मुलुक आर्थिक रूपले पनि ओरालो लागेको नेम्वाङले वताए । पत्रकार महासंघ ताप्लेजुङद्वारा आयोजित कार्यक्रममा नेम्वाङसँगै एमाले सचिव योगेश भट्टराईलगायतका नेताको सहभागिता रहेको थियो ।ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*