एमालेविरुद्ध गठबन्धन बन्नु नै एमाले बलियो शक्ति भएको प्रमाण हो: सचिव भट्टराई

वेलकम खबर
साउन २३, २०७९

इलाम । नेकपा (एमाले) सचिव योगेश भट्टराईले एमालेविरुद्ध सबै शक्ति एक हुन खोज्नुले नै यो पार्टी सबैभन्दा बलियो सावित गरेको बताउनुभएको छ । उहाँले एक्लाएक्लै चुनाव लड्दा एमाले नै पहिलो दल हुनेमा देखेर अन्य दलले गठबन्धन बनाइरहेको पनि बताउनुभएको हो ।

इलाम सदरमुकाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा सचिव भट्टराईले एमालेविरुद्ध दृश्य रअदृश्य शक्तिसमेत लागिरहेको बताउनुभयो । ‘एमालेलाई एक्लै जित्न सकिँदैन भनेरै अरू दल गठबन्धन बनाउँदै छन्,’ उहाँले भन्नुभयो, ‘एमालेविरुद्धको गठबन्धन बनाउन ती दलमात्रै लागेका होइनन्, दृश्यरअदृश्य शक्तिसमेत हामीविरुद्ध लागेका छन।’

भट्टराईले आउँदो प्रदेश र स्थानीय तह निर्वाचनमा गठबन्धन तोडेरै एमाले देशको पहिलो शक्ति हुने दाबीसमेत गर्नुभएको छ । । उहाँले त्यो निर्वाचन एमालेका लागि अवसरसमेत भएको बताउनुभयो। ‘एमाले बलियो भएको प्रमाण त अन्य दलसमेतले दिएकै छन्,’ उहाँले भनन्भयो , ‘एमालेलाई पहिलो दल हुन कसैले छेक्ने अवस्था अब छैन।’
सविच भट्टराईले एमालेबाट फुटेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) शेरबहादुर देउवाजस्तो ‘अक्षम’ व्यक्तिको पछि लागिरहेको आरोप लगाउनुभयो । ‘समाजवादको यात्रामा हिँडेको बताउने ती दल (समाजवादी र माओवादी) शेरबहादुरजस्तो अक्षम व्यक्तिको पछि लागेर कहाँ पुग्ने हुन् थाहा छैन,’ उहाँले भन्न्भययो , ‘उनीहरूले त्यही बाटो अवलम्बन गरिरहे ठूलो दुर्घटना खेप्नुपर्ने निश्चित नै छ।’ भट्टराईले कांग्रेससँगको यात्रा छाडेर एमालेतिर सहकार्यमा आउन समाजवादी र माओवादीलाई एमालेले हात फैलाएको पनि बताउनुभयो । ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*