प्रेमीसँग मिलेर आफ्नै नाबालिग छोरीको हत्या, दुई जना पक्राउ

वेलकम खबर
साउन २२, २०७९

स्याङ्जा : प्रेमीसँग मिलेर आफ्नै नाबालिग छोरीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ६ महिने नाबालिका छोरीलाई अस्थायी शौचालयको खाल्टोमा फालेर हत्या गरेको आरोपमा २२ वर्षीया लक्ष्मी राना र उनका प्रेमी केदार कुमाललाई प्रहरीले पक्राउ गरेको हो।

स्याङ्जा गल्याङ्का राना यही साउन १० गतेदेखि ६ महिने छोरीसहित सम्पर्कबिहीन थिइन्। उनले पाल्पाका २२ वर्षीय केदार कुमालसँग भागी विवाह गरेपछि उनका पति मिनबहादुर राना र ससुरालगायतले प्रहरीमा निवेदन दिएका थिए। सोही निवेदनको आधारमा खोजतलास गरिएको थियो।

उनीहरू दुवैलाई गल्याङ् बजारबाट प्रहरीले नियन्त्रणमा लिई सोधपुछ एवं अनुसन्धान गर्दा लक्ष्मीले पाल्पा रामपुरका कुमालसँग भागी विवाह गरेको थाहा पाएपछि परिवारले ६ महिने छोरीको खोजी गर्ने क्रममा सो कुरा बाहिर आएको हो।

अनुसन्धानका क्रममा साउन १० गतेका राती नै अस्थायी शौचालयको खाल्टोमा फालेको पुष्टि भएको थियो। सोही स्थानमा खोजतलास गर्दा सडेगलेको अवास्थामा बच्चाको लास फेला परेको र उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। दुवैलाई प्रहरीले ज्यानसम्बन्धी कसुरमा म्याद थप गरेर थप अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*