स्वास्थ्य र कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन योगेश भट्टराईको माग

वेलकम खबर
साउन २२, २०७९

काठमाडौं । नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम र कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन माग गर्नु भएको छ ।
आजको संसद बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले उक्त माग गर्नु भएको हो ।
स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउनुपर्ने र बीमा रकम बढाएर ८ १० लाख पुर्‍याउनुपर्ने पनि उहाँले बताउनुभयो ‘बीमा रकम बढाउनका निम्ति ध्यानाकर्षण गराउन चाहान्छु,’ उहाँले भन्नुभयो ।

स्वास्थ्य बीमालाई २०७४ को ऐन अनुसार पूर्ववत रुपमा सन्चालन गर्न संसदीय समितिले निर्देशन दिएको दुई हप्ताभन्दा बढी अवधि भइसक्दा पनि कार्यान्वयन नहुँदा लाखौं मानिसहरु यसको सुविधाबाट बन्चित भएको त्तक्त गर्नुभयो ।
बरु उहाँको नागरिकता ४० वर्षको बनाइदिए उहाँले अझै २० वर्षसम्म जागिर खान पाउने थिए भनेर भट्टराईले व्यंग्यसमेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*