छ सुत्रिय माग राख्दै युवा गैसस महासंघले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
काठमाडौ । अन्तराष्ट्रिय युवा दिवसलाई मध्यनजर गदै गैर सरकारी संस्था महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न छ सुत्रिय ध्यानाकषर्ण पत्र बुझाएको छ ।
युवा गैरसरकारी संस्था महासंघको टोलीले युवाहरुको हकअधिकार सुनिश्चित गराउन आग्रह गदै ध्यानकषर्णपत्र बुझाएको हो । ध्यानकर्षणपत्रमा आउदो संघीय निर्वाचन र प्रदेश निर्वाचनमा ५० प्रतिशत युवाहरुलाई प्रत्यक्ष उम्मेदवारीको लागि उचित तवरले नीतिगत रुपमा व्यवस्था गर्न माग गरेको छ ।
ध्यानाकर्षणपत्रमा प्रत्येक स्थानीय तहले युवा सूचना केन्द्र स्थापना गर्न ,युवा नीति तर्जुमा गरी अनिवार्य कार्यान्वयन गर्न उत्कृष्ठ युवा मैत्री काम गर्ने निकायहरुलाई पुरस्कारको व्यवस्था गर्न समेत माग गरेको छ । अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुलाई युवाहरुको क्षेत्रमा काम गर्न वातावरण निर्माण गरी राष्ट्रिय उद्यमशीलतासँग जोडने पहल गर्न समेत आग्रह गरेको छ ।

माग पत्रमा बेरोजगार युवाहरुलाई रोजगारी र सीप विकासका लागि ठोस कार्यक्रम घोषणा गरी विदेशीने युवाहरुको संख्या नियन्त्रण गर्न माग समेत गरेको छ । युवाहरुले सञ्चालन गरेको गैससहरुलई राज्यले स्वयसेवा गर्न साझेदारी निकायको रुपमा काम गर्न नीतिगत रुपमा व्यवस्था गर्न आग्रह समेत गरेको युवा गैसस महासंघको अध्यक्ष नारायण गिरीले बताउनुभयो ।
प्रधानमन्त्री देउवाले युवाहरुको मागको बारेमा सरकार सकारात्मक रहेका बताउनुभएको युवा गैसस महासंघ अध्यक्ष गिरीले बताउनुभयो ।
ध्यानाकर्षण पत्र बुझाउन महासंघको अध्यक्ष गिरीको नेतृत्वमा उपाध्यक्ष राजेन्द्र श्रेष्ठ,भावना शाही समाजकल्याण परिषदका सदस्यहरु आस्था केसी,गोमा भुसाल र युवा गैससका कालिकोटका सचिव डलर्सिह गिरी लगागतको उपस्थिति रहेको थियो । आउदो २७ गते शु्क्रवार राष्ट्रिय युवा परिषदको आयोजनामा अन्तराष्ट्रिय युवा दिवस मनाईदैछ ।



















