दल दर्ता आजदेखि

वेलकम खबर
साउन २२, २०७९

काठमाडौँ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आइतबारदेखि राजनीतिक दल दर्ता सुरु हुँदै छ। सरकारले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता हुने जानकारी दिनुभयो। आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्नेछ।

दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*