संसदीय समितिलाई कल डिटेल हेर्न दिइएन : ओली

वेलकम खबर
साउन १५, २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले समिति भित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकिर गरे । पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा  बोल्दै उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसीटिभी फुटेजनै गायब गरिएको दावी समेत गरे ।


‘अहिले सीसीटीभी राख्दा त फुटेज गायब । आजकलको जमानामा कल डिटेल हुन्छ । तर, हेर्न नपाइने । कल डिटेल हेर्न चाहिँ पाइदैन, लजा । अब ऊ बेला त न कल डिटेल, न फुटेज । न मोबाइल, न क्यामेरा, न फोटो । ऊ बेला चोरी पत्ता लगाउनु प¥यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो’ उनले भने ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाइवालेलाई जनैपूर्णिमाको दिन राखी बानिदिएको तर्फ संकेत गर्दै त्यसमा पनि राजनीति भइरहेको बताए । ‘थाहा पाउनु भयो होला–इन्टरनेशनल राखी पनि सुरु भइसक्यो । राखीमा राजनीति पनि भइसक्यो’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*