पुनः प्रधानमन्त्री हुने प्रचण्डको इच्छा, भन्छन्– यो मेरो लास्ट इनिङ होस्

वेलकम खबर
साउन १५, २०७९

काठमाडौ । नेकपा (माओावदी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन्। शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताए ।

आफ्ना लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने उनको विश्वास छ । आफ्ना लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताए ।

‘यसपटक स्थानीय चुनावको जस्तो हुन दिइँदैन। त्यसले हामीलाई अघि जान धेरै ठूलो मद्दत गर्नेछ । त्यसरी जाँदा हाम्रो हातमा एकपटक बागडोर आउँछ। हामीले यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनुछ। मलाई भन्नुहुन्छ भने, यो मेरो लास्ट इनिङ होस्। यो लास्ट इनिङ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*