ताप्लेजुङमा पहिलो पटक ग्राफिक्स डिजाईन तालीम शूरु

वेलकम खबर
साउन १३, २०७९

ताप्लेजुङ। डिजिटलबाट आय आर्जन गर्ने गराउने उद्देश्यले ताप्लेजुङमा पहिलो पटक डिजिटल मार्केटिङ, वेव डेभलपमेन्ट, र ग्राफिक्स डिजाईन तालीम शुक्रवार देखि ताप्लेजुङ सदरमुकाम फुङलिङमा शुरु भएको छ ।
ग्राफिक डिजाईन सम्वन्धी विश्वव्यापी रुपमा तालिम गरिरहेको लर्नीयो नामक संस्थाले तालिम प्रदान गर्न लागेको हो । हुमन प्राक्टीस फाउन्डेसनको आयोजनामा हुन लागेको चार महिने तालीममा प्रमुख प्रशिक्षक लर्नियो संस्थाको प्रमुख वंगलादेसी नागरिक अनिक होसेन रहनुभएको छ भने अन्य प्रशिक्षक काठमाडौबाट गएका आएको आयोजकले बताएको छ ।हुमन प्राक्टिस फाउन्डेसनका ताप्लेजुङ टिम लिडर अमित श्रेष्ठले ४ महिना तालीम र २ महिना तालीम पछिको शिपको सदुपयोग कति भयो भनेर फलोअप तालीम हुने बताउनुभयो ।


सूचना प्रविधि अधिकृत दिनेश तुम्याहाङको अनुसार १७६ अनलाईनवाट फारम भरी सहभागी भएको र असाईनमेन्ट र अन्तरवार्ताको आधारबाट सहभागी २६ जना र वैकल्पिक ६ जना छनौट भएको थियो तर प्रशिक्षार्थी उच्च रहेको कारण पहिलो चरणमा ३२ जनालाई नै सहभागी गराउने आयोजकले जनाएको छ ।
शुक्रवार उद्घाटन कार्यक्रमा फुङलिङ नगरपालिकाका नगरप्रमुख प्रमुख अमिर मादेनले ताप्लेजुङमा यस्तो किसिमको विशेष तालिम आएकोमा जिल्लावासीले गर्व महसुस गर्नुपर्ने बताउनुभयो तालिममा विभिन्न आर्थिक प्रविधिक समस्या आउन सक्ने तर्फ इङ्गीत गर्दै प्रमुख मादेनले स्थानीय सरकार सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।


त्यस्तै फुङलिङ नगरपालिका नगर उपप्रमुख भीमा ओझाले तालिमले नव जनशक्ती उत्पादनमा महत्वपूर्ण भुमिका खेल्न सकोस भनि शुभकामना ब्यक्त गर्नुभयो ।
ताप्लेजुङमा तालिम गराउन पाउनु गौरवमय कुरा भएको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर कुमार राईले बताउनुभयो । प्रअ राईले तालिमलाई सामान्य रुपमा नलिन प्रशिक्षार्थी हरुमा आग्रह गर्नुभयो ।
त्यस्तै प्रशिक्षकको रुपमा रहनुभएका हुशेनले आईटीको माध्यमवाट न्युनतम ज्ञानका साथै यसको उपयोगबाट आर्यआर्जन गर्न मुख्य उदेश्य रहेको बताउनुभयो ।
भानुमाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर मादेनले प्राविधिक कुरा भएकाले एक दिन पनि तालिमलाई नछोड्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । साथै स्थानीय सरकारको सहयोगको आफुहरुले ठुलो अपेक्षा गरेको पनि उहाँले वताउनुभयो ।शुक्रवार उद्घाटन भएको तालीमको कक्षा भने आउदो सोमवार देखि मात्र शुरु हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*