ताप्लेजुङमा पाथीभरा गोल्डकप नहुने

वेलकम खबर
साउन १३, २०७९

ताप्लेजुङ । लाखेजात्रामा खेलाइने जिल्लाको लोकप्रिय पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता यो वर्ष नहुने भएको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिले यस वर्ष आयोजना नगरिने जनाएको छ ।
‘सबै सरोकारवालाबीच छलफल गर्‍यौं,’ समितिका अध्यक्ष नारायण थापाले भने, ‘मैदानलगायतका प्राविधिक कारणले यो वर्ष गोल्डकप सञ्चालन गर्न सक्ने सम्भावना रहेन ।’ प्रतियोगिता सञ्चालन हुने भानुजन माविको मैदान मर्मतको काम भइरहेकाले पनि समस्या भएको उनले बताए । उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर मादेन कम्पाउण्ड वार्ने काम भइरहेको र बलले लागेर वा दर्शकको भिडले वालमा लागेर क्षति भए विद्यालयलाई समस्या पर्ने भएकाले मैदान उपलब्ध गराउन नसकिएको बताए ।

कोरोना महामारीका कारण २०७६ सालपछि प्रतियोगिता सञ्चान गर्न नसकिएको समितिका सचिव लक्ष्मी काफ्लेले बताए । यो प्रतियोगिता २०२९ सालदेखि हुँदै आएको हो । लाखेजात्राको अवसरमा देउमान कप, कञ्चनजंघा कप हुँदै यो प्रतियोगिता पाथीभरा गोल्डकपमा रूपान्तरण भएको छ । जिल्लामा फुटबल प्रतियोगिता आयोजना गर्न एकमात्र मैदान भानुजन माविको मैदान रहेको छ । जिल्ला फुटबल संघ ताप्लेजुङका अध्यक्ष अशोक चेम्जोङले मेदीवुङ, लामपोखरीलगायतका मैदान निमार्णाधीन अवस्थामा रहेकाले खेलाडीलाई अभ्यास गराउने, बन्द प्रशिक्षणमा राख्ने र फुटबलका आन्तरिक प्रतिस्पर्धा गराउन पनि समस्या रहेको प्रस्ट्याए । असार र साउनमा रोपाइँ सकेपछि हुने भएकाले प्रतियोगिता हेर्न गाउँगाउँबाट दर्शक सदरमुकाम ओइरिन्थे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*