पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिले आज प्रतिवेदनलाई अन्तिम रुप दिने

वेलकम खबर
साउन १२, २०७९

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले आज प्रतिवेदनलाई अन्तिम रुप दिने भएको छ ।

थपिएको ७ दिनको म्याद सकिने दिन आज राति ११ बजेसम्म भए पनि प्रतिवेदन सकेर भोलि बुझाउने तयारी रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

त्यसका लागि आज मध्याह्न साढे १२ बजे समितिको बैठक बस्दैछ । बैठक बस्नुअघि पनि सर्वसम्मत प्रतिवेदन तयार गर्न सांसदहरुबीच अनौपचारिक छलफल हुने उनले बताए ।

हिजो पनि लगातार ६ घण्टा बैठक बसेर समितिले प्रतिवेदन लेखन सुरु गरेको थियो । प्रतिवेदन सर्वसम्मत बनाउन औपचारिक र अनौपचारिकरुपमा छलफल भइरहेकाले उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*