जनप्रतिनिधिमध्ये सबैभन्दा धेरै ४१–६० उमेर समूहका

वेलकम खबर
साउन १०, २०७९

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा सबैभन्दा धेरै ४१ देखि ६० वर्ष उमेर समूहका जनप्रतिनिधि निर्वाचित भएका छन् । देशभरका ७५३ पालिकामा निर्वाचित ३५ हजार ९७ जनप्रतिनिधिमध्ये ४१ देखि ६० वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात् १८ हजार ३४७ छन् ।

२१ देखि ४० वर्ष उमेर समूहका १४ हजार ४४२ जना छन् भने ६१ देखि ८० वर्ष उमेर समूहका २ हजार २९१ जना छन् । त्यस्तै, ८१ वर्ष र सोभन्दा माथि उमेरका १७ जना छन् ।
निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ४१ देखि ६० वर्ष उमेर समूहका व्यक्ति २१८ पालिकामा प्रमुख, १७४ मा उपप्रमुख, ३२० पालिकामा अध्यक्ष र २१२ पालिकामा उपाध्यक्ष निर्वाचित भएका छन् । ३७ पालिकामा प्रमुख, ९५ पालिकामा उपप्रमुख, १०६ पालिकामा अध्यक्ष र २३४ पालिकाको उपाध्यक्ष पदमा २१ देखि ४० वर्ष उमेर समूहका व्यक्ति निर्वाचित भएका छन् ।त्यस्तै, ६१ देखि ८० वर्ष उमेर समूहका व्यक्ति ३८ पालिकामा प्रमुख, २४ पालिकामा उपप्रमुख, ३४ पालिकामा अध्यक्ष र १४ पालिकामा उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । आयोगका अनुसार ४१ देखि ६० वर्ष उमेर समूहका ३ हजार २५३ जना वडाध्यक्षमा निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*