‘बलिकाे बाेका त हामी नै हुने हाे ।’

वेलकम खबर
साउन ८, २०७९

देउराली ।  आइतबार एक नम्बर प्रदेशको दशौँ तथा बजेट अधिवेशनको २० औँ बैठक चलिरहेकाे थियो । बैठकमा विभिन्न समयमा विभिन्न सांसदहरूले बोलिरहेका थिए ।
सांसद सर्वध्वज साँवाको पनि बैठकमा शून्य समयमा बोल्ने पालो आयो ।उपसभामुख सरस्वती पोखरेलले बोल्नका लागि नाम लिएसँगै उठेका साँवा ” गुहार… गुहार… ” भन्दै चिच्याए ।
डर भावमा स्वरमा चिच्याएका साँवा तर्फ बैठकमा रहेका सांसद देखी कर्मचारी सबैले एक पटक मुन्टो घुमाए । बिस्तारै श्वासलाई मधुरो बनाउँदै साँवाले भने “…भन्न चाहन्छु ।”
प्रदेश सभाका बैठकमा प्रायः अलग अन्दाजमा प्रस्तुत हुने साँवा पछिल्लो समय प्रदेशको नामाकरणको विषयलाई दिएर आफूहरू घेराबन्दीमा परेको भन्दै संसदमा गुहार मागिरहेका थिए ।
आफ्नो भनाइ सुरु गर्नु भन्दा पहिला नै ‘गुहार’ मागेका सांसद साँवाले विभिन्न समूहहरूको दबाब र घेराबन्दीका कारण असुरक्षित हुनु परेको बताए ।उनले भने  ” अहिले १ नम्बर प्रदेशका हामी माननीयहरूलाई  बलिको बोका … पाठा–पाठी बनाउन आट्या छ ।” कहिले मुख्यमन्त्री घेराउमा पर्नुभएको छ । कहिला हामी सभासद् घर–घरमा घेरा बन्दीमा पर्छौ । बाटो–बाटोमा घेराबन्दीमा पर्छौ, चोक–चोकमा घेराबन्दीमा पर्छौ । अहिले बैठकमा आउँदा पनि घेराबन्दी तोड्दै आएका छौँ । छड्के छड्के… परेर हामी यहाँ आइपुगेका छौँ ।”
उनले प्रदेशको नामलाई लिएर सडकमा आन्दोलन भइरहेको र विभिन्न खाले धम्की समेत आइरहेको बताउँदै भने ‘यो खतरामा हामीलाई बचाउनुपर्‍यो भन्ने निवेदन गर्न चाहन्छु ।’
कुनै समूहले भन्नुहुन्छ कोशी राख्नुस् । नत्र… आउँदो चुनावमा पहिचानवादी आदिवासी शून्य बनाइदिन्छौ भन्दै आउँछ धम्की।” साँवाले भने” अर्को समूहले भन्नुहुन्छ किरात, लिम्बुवान नाम राखेनै भने… अर्को चुनावमा कोशीमा बगाइदिन्छु । …भन्ने ठङ्गले घेराबन्दीमा हामी परिरहेका छौँ ।”
उनले यस्तो स्थितिबाट सांसदलाई जोगाउनकालागि  प्रदेशको नामांकनको सवालमा गोप्य मतदान गराउन वा जनमत सङ्ग्रह गर्न माग समेत गरेका छन् ।
उनले भने “लाइन लागेर हस्ताक्षर गर्ने हो भने लाइभ प्रसारण हुने भएकाले कसले कहाँ मत हाल्या थाहा हुने छ । र बलिको बोका त हामी नै हो । “blastkhabar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*