प्रेस युनियनको महाधिवेशनमा ताप्लेजुङका दुई जनाको उम्मेदवारी

वेलकम खबर
साउन ६, २०७९

काठमाडौ । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा ताप्लेजुङका दुई जना पत्रकारले शुक्रवार उम्मेदवारी दर्ता गराएको छन ।
महाधिवेशनमा ताप्लेजुङका पत्रकार माला पालुङवा र सीताराम गुरागाईले उम्मेदवारी दर्ता गराएका हुन । पालुङवाले महिला सचिव पदमा उम्मेदवार दर्ता गराएका हुन भने गुरागाईले खुल्ला तर्फको केन्द्रीय सदस्यमा पदमा उम्मेदवारी दर्ता गराएका पत्रकार आनन्द गौतमले जानकारी दिए ।

पालुङवा संस्थागत सुदुढीकरण,पत्रकारको पेशागत सुरक्षा ट्रेड युनियनको अधिकारको आफनो उम्मेदवारी दर्ता गराएको बताईन । गुरागाई प्रेस स्वतन्त्रता,संस्थागत सुदुढीकरण, पेशागत सुरक्षा मर्यादित पत्रकारिताको लागि आफनो उम्मेदवारी रहेको बताए ।

पालुङवा ताप्लेजुङमा रहेर रेडियो नेपाल,प्राईम टेलिभिजन र स्थानीय रेडियो ताप्लेजुङमा कार्यरत रहेका छन । त्यस्तै गुरागाईले काठमाडौमा अन्नपूर्णपोष्ट र दृष्टि अनलाईनमा कार्यरत रहेका छन । मतदान भने शनिवार हुने प्रेस युनियनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*