ताप्लेजुङमा कुटपिटको क्रममा श्रीमतीको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा
ताप्लेजुङ । ताप्लेजुङमा घरायसी विवादको क्रममा कुटपिट गर्दा श्रीमतीको ज्यान गएको छ ।
जिल्लाको फुङलिङ नगरपालिका ९ हाङदेवास्थित गाईगुडेका ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले ५४ वर्षीय श्रीमती कान्छीमाया लिम्बूलाई कुटपिट गर्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ बजेको समयमा श्रीमान–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा घटनास्थलमै मृत्यु भएको हो ।
खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धनाले देखाएको छ । शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठुलो चोटपटक भने नरहेको प्रहरीको भनाई छ । शवको पोष्टमार्टमपछि थप विवरण प्राप्त हुनसक्ने प्रहरीले जनाएको छ । शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ । epathivara



















