भारतले पायो पहिलो आदिवासी महिला राष्ट्रपति

वेलकम खबर
साउन ५, २०७९

नयाँ दिल्ली : द्रौपदी मुर्मु भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकी छन्। उनले यशवन्त सिन्हालाई पराजित गर्दै राष्ट्रपति बनेकी हुन्।

कूल दस लाख ८६ हजार ४३१ मध्ये द्रौपदीले ५ लाख ७७ हजार ७७७ मत पाएकी छन्। राष्ट्रपति निर्वाचित हुन ५ लाख ४३ हजार २१६ मत आवश्यक हुन्छ। द्रौपदीले निर्वाचनको मतगणना नसकिँदै विजय सुनिश्चित गरेकी हुन्।

मर्मु भारतको राष्ट्रपति बन्ने पहिलो आदिवासी महिला हुन्। ओडिशाका स्थायी बासिन्दा मर्मु यसअघि झारखण्डको राज्यपाल बनिसकेकी छन्।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार मर्मुले २५ जुलाईमा सपथग्रहण गर्नेछिन्।

मर्मुको जितपछि पराजित बनेका यशवन्त सिन्हाले बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत् बधाई दिँदै उनले निर्भिकरुपमा काम गर्न आग्रह गरेका छन्। यशवन्तले २ लाख ६१ हजार ६२ मत पाएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*