चुनावमा जुट्न एमालेको निर्देशन

वेलकम खबर
साउन ३, २०७९

विराटनगर : नेकपा एमालेले गएको स्थानीय निर्वाचनको समिक्षा गर्दै अब हुने संघ र प्रदेशको निर्वाचनमा कार्यकर्तालाई लाग्नका लागि निर्देशन दिएको छ । विराटनगरमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण एंव विस्तारित बैठकमार्फत एमालेले चुनावमा जुट्न निर्देशन दिएको हो ।

विराटनगरमा प्रदेश पार्टीको कार्यालय, सचिवालको बैठक गर्दै एमालेले असहयोग, असमझदारी जस्ता विषयलाई हटाएर निर्वाचनमा जानका लागि कार्यकर्तालाई निर्देशित गरेको एमालेका स्थायी कमिटि सदस्य राजेन्द्र गौतमले जानकारी दिए ।

विगत तीन दिनदेखि चलिरहेको बैठक र प्रशिक्षणमा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पाखरेलसमेत निरन्तर सहभागी हुँदै कार्यकर्तालाई निर्देशित गरिरहेका थिए । सोमबार र मंगलबारको कार्यक्रममा एमालेका अर्का नेता सुवास नेम्वाङसमेत सहभागी थिए ।प्रशिक्षण कार्यक्रममा दुबै नेताहरुले अहिलेको राष्ट्रिय राजनीति, आगामी निर्वाचन र एमालेले खेलनुपर्ने भूमिकाका विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्दै निर्देशन दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*