उप्रेतीको निधन प्रति योगेश भट्टराईद्धारा दुख ब्यक्त
काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रदेश कमिटी सदस्य हेमन्त उप्रेतीको श्रीमति मैयादेवि उप्रेतीको निधन प्रति दु ख ब्यक्त गर्नु भएको छ ।
प्रतिनिधिसभा सदस्य समेत रहनुभएको भट्टराईले मंगलवार हेमन्त उप्रेतीको घरमा पुगि परिवारलाई समवेदना प्रकट गदै स्वर्गिय उप्रेतीले ताप्लेजुङ जिल्लाको पार्टी निर्माणमा खेल्नुभएको भुमिकाको प्रसंसा समेत गर्नु भएको थियो ।
केही बर्ष अघि देखि क्यान्सर जस्तो घातक रोगसँग संघषरत रहदै आएको स्मरण गदै मृतक उप्रेती प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको हो । प्रदेश सदस्य उप्रेतीको परिवार प्रति गहिरो समबेदना समेत ब्यक्त गर्नु भएको छ । स्व उप्रेतीको गत असार ३० गते निधन भएको थियो ।




















