ताप्लेजुङको पहिरो प्रभावितहरुलाई पूननिर्माण सहयोग गर्न योगेश भट्टराईका माग

सिरिजंघा सरोकार समाजद्धारा दुई लाखको चेक हस्तान्तरण
वेलकम खबर
असार २८, २०७९

काठमाडौ । प्रतिधिनिधि सभा सदस्य योगेश भट्टराईले गत जेठ र असार महिनामा ताप्लेजुङका विभिन्न गाउपालिकामा गएको पहिरोमा परी विस्थापित भएकाहरुलाई तत्काल पूूर्ननिर्माण सहयोग गर्न सरकारसँग माग गर्नु भएको छ ।
प्रतिनिधिसभा सदस्य भट्टराईको नेतृत्वमा गएको टोलीले मंगलवार राष्ट्रिय विपद जोखिम न्यूनिकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग तत्काल पूर्ननिर्माण सहयोग गर्न आग्रह गर्नुभएको हो ।


ताप्लेजुङमा गत जेठ र असारमा परेको अविरल वर्षाका कारण जिल्लाको सिरिजंघामा एकसय ७३ , सिदिङ्वामा ५०, मिक्वाखोलामा ५ , आठराई त्रिवेणी र फक्ताङलुङ गाउँपालिका सहित दुइ सय ७२ घर परिवार विस्थापित भएको हाल नजिकैको विद्यालय तथा छिमेकीकोमा शरण परेर बसेको भन्दै तत्काल पूर्ननिर्माण सहयोग गर्न प्रतिनिधिसभा सदस्य भट्टराई आग्रह गर्नु भएको हो ।


सिरिजंघा गाउँपालिका उपाध्यक्ष डा. चित्र मावोले गत असार ३ गते देखि लगातार ५ दिन परेको पानीले पहिरो गएको र सो पहिरोमा सिरिजंघा गाउपालिकामा एक सय ७३ घर परिवार विस्थापित भएकोले दिर्घकालिन समस्या समाधानको लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । उपाध्यक्ष मावोले कतिको सामान्य जीवन यापन गर्न समेत समस्या भएको भन्दै तत्काल सहयोगको माग आग्रह गर्नु भएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले क्षतिको पूर्ण विवरण आएपछि तत्काल क्षतिपूर्ति र अनुदान प्रदान गर्ने बताउनुभयो ।
प्राधिकरणको मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि २०७७ को घरवारविहीन भएकालाई निजी आवास मर्मत वा प्रबलीकरण अनुदान दिने व्यवस्था छ । जसअनुसार हिमाली जिल्लामा पाउने ५ लाख र मर्मत वा प्रबलीकरणबापत तत्काल पाउने ५० हजार रुपैयाँ तथा जमिन नहुनेका हकमा छुट्टै ३ लाख पाउने व्यवस्था छ ।
त्यस्तै ताप्लेजुङमा २०७२ सालमा खोक्लिङ, लिवाङ, थुकिमा, सान्थाक्रा, लिङ्तेप लगायत स्थानको पहिरो पीडितलाई क्षतिपूर्ति दिन पनि भट्टराईले प्राधिकरणसँग माग समेत गर्नु भएको छ ।


यता पहिरो प्रभावितहरुको लागि सिरिजंघा सरोकार समाज नेपालले सङ्कलन गरेका दुई लाख रुपैयाको चेक सिरिजङ्घा गापा उपाध्यक्ष डा. चित्र माबोलाई सरोकार समाजका अध्यक्ष हरिचन्द्र भट्टराईले हस्तान्तरण गर्नुभयो । प्रतिनिधिसभा सदस्य भट्टराई उपस्थितिमा हस्तान्तरण गरिएको सिरिजंघा सरोकार समाज नेपाल सचिव जीवन बस्नेतले बताउनुभयो ।सो पहिरोमा परी दुई जनाको ज्यान समेत गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*