एमाले अन्तरपार्टी निर्देशन- गठबन्धन बिना हामी अगाडि बढ्न सक्दैनौं भन्ने मनोविज्ञान बदलौं

वेलकम खबर
असार २७, २०७९

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्दा त्रुटि भएको निष्कर्ष निकालेको छ। सोमबार अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले लोकप्रियभन्दा पनि निकटका व्यक्तिलाई उम्मेदवा बनाउँदा प्रतिकूल परिणाम भोग्नुपरेको उल्लेख गरेको छ।निर्वाचनमा विगतभन्दा बढी असमझदारी, असहयोग र अन्तर्घातका घटनाहरु देखापरेको निर्देशनमा उल्लेख छ। ‘आफू वा आफूले सिफारिस गरेको व्यक्तिले उम्मेदवारी नपाएपछि समग्र निर्वाचन अभियानलाई नै कमजोर गर्ने गरी असमझदारी बढाउन, उम्मेदवारलाई असहयोग ग गर्ने र अन्तर्घात गर्नेसम्मका घटनाहरु देखा परे,’ निर्देशनमा भनिएको छ।

स्थानीय तह निर्वाचनमा अपेक्षाअनुरुप परिणाम नआएकाले पार्टीपंक्ति अझै पनि निर्वचनको धङधङी रहेको भन्दै असार मसान्तभित्र चुनावको समीक्षा गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ।

निर्देशनमा भनिएको छ, ‘राजनीतिक नैतिकता र स्वास्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरुलाई बिर्सिदिएर सत्ताका लागिमात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन। गठबन्धन रहिरहेसम्म हामी केही गर्न सक्दैनौं या नयाँ गठबन्धनबिना हामी अगाडि बढ्न सक्दैनौं भन्ने मनोविज्ञान बदल्न जरुरी छ। पुरा अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस  UML-10th-Apani-4-Final

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*